झन्डै ५ बर्षको अन्तरालमा पुराना अभिनेता बिराज भट्ट नेपाली फिल्ममा देखिने पक्का भएको छ । आईतबार औपचारिक रुपमा निर्माण घोणा गरिएको फिल्म 'पर्शुराम'मा बिराज लिड रोलमा रहने पक्का भएको हो । यो फिल्ममा निर्माण तथा निर्देशन रोज राणाको रहनेछ ।
त्यसो त रोजले निर्देशन गर्ने यो पहिलो फिल्म हुनेछ । नेपाली कांग्रेसका बर्तमान नव निर्वाचित सभापति शेरबहादुर देउवा पत्नि तथा महिला नेतृ एवं सामाजिक अभियन्ता आरजु देउवाको प्रमुख आतिथ्यतामा रोजले 'पर्शुराम'को निर्माण घोषणा गरे । डेब्यू फिल्मलाई लिएर रोज उत्साहित देखिए । पछिल्लो समय नेपाली दर्शकले कस्तो फिल्म रोज्छन् भन्नेमा आफु अपडेट रहेको भन्दै निर्माता तथा निर्देशक रोजले दर्शकले खोज्ने तथा रोज्ने फिल्म बनाउने बताए । उनले 'पर्शुराम' एक्शनप्रधान तर पुर्णत मसलेदार नेपाली फिल्म बन्ने दाबी पनि गरे ।
रोजको निजी कम्पनि सोफिया सिने आर्ट्सको सातौं फिल्मको रुपमा यो फिल्म निर्माण हुनेछ । कार्यक्रममा बोल्दै पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त लिड अभिनेता बिराजले पैसाकै लागी आफुले भोजपुरी फिल्म रोजेको भन्ने कुरा अश्विकार गरे । कार्यक्रममा फिल्मभरी बिराजले बोक्ने हतियार भनिएको 'बञ्चरो' को डिजाईनिङ बिराजको उपस्थिती पछिको मुख्य आकर्षण बन्यो ।
यो फिल्ममा बिराजले अभिनेत्री निशा अधिकारीसँग अनस्कृन रोमान्स गर्नेछन् भने रबिन तामाङ पनि मुख्य भूमिकामा हुनेछन् । बिराज र निशाले यसअघि 'नैना रेशम' फिल्ममा एकसाथ काम गरेका थिए । यो फिल्ममा एनबी महर्जनको द्वन्द्व रहनेछ भने मौनता श्रेष्ठको कथा समावेश छ । फिल्मलाई रोजले अष्ट्रेलियामा बस्दै आएका मिलन श्रेष्ठसँग संयूक्तरुपमा निर्माण गर्न लागेका हुन् । फिल्म चैत्र १ गते अर्थात सोमबारबाट नै छायाँकनमा जाने बताईएको छ । (फिल्मी खबर )
No comments:
Post a Comment