चैत्र ४ | नाइजेरियाको राजधानी मैदुगुरीको बाहिरी इलाकामा पर्ने बोर्नो राज्यमा एक मस्जिदलाई लक्ष्यगरी गरिएको दुई वटा आत्मघाती आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको समाचार छ ।
सैनिक प्रवक्ताद्वारा जारी एक विज्ञप्तिका अनुसार एक आक्रमण स्थानीय मस्जिदभित्र नै भएको र केही समयपछि भएको अर्को आक्रमण उक्त मस्जिदबाट करिब ५० मिटर टाढा रहेको इलाकामा भएको छ ।
यस आक्रमणमा दुई जना महिला आत्मघाती आक्रमणकारी रहेको बताइएको छ । स्थानीय अधिकारीहरूले सुरुमा दिएको जानकारीअनुसार यस आक्रमणमा कम्तीमा २१ घाइते भएका छन् ।
यस आक्रमणमा आतङ्ककारी समूह बोको हरामको हात रहेको आशङ्का गरिएको छ । यस समूहले सन् २००९ बाट हालसम्म नाइजेरियको क्यामेरुन, चाद, नाइजरमा गरेको आक्रमणहरूमा हजारौँ व्यक्ति अपहरणमा पर्नुको साथै मारिएका छन् । रासस
No comments:
Post a Comment