Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
पाँचौँ स्थानमा बदनाम झापामा सात हजार दुव्र्यसनी
झापा,६ चैत्र- लागुपदार्थ दुव्र्यवसनमा मुलुकमा पाँचौँ स्थानमा बदनाम झापामा दुव्र्यसनीको सङ्ख्या झन्डै सात हजार छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीका अनुसार जिल्लामा आव २०६९÷०७० को तथ्याङ्कानुसार २४४ महिलासहित छ हजार ८०० लागुऔषध दुव्र्यसनी छन् ।
‘लागुऔषधरहित स्वस्थ्य समुदायका लागि हाम्रो अभियान, महिला हिंसा अन्त्य गरौँ, कुलत र कुसङ्गतले असल जीवन दिँदैन’ लगायत नारासहित यही चैत ८ गते बिर्तामोडमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले अञ्चल प्रहरी कार्यालय मेची, जिल्ला प्रहरी कार्यालय झापा र जिल्लाभरका सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम हुने जानकारी दिनुभयो । रासस
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment