top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

बेलायती राजकुमार ह्यारी आज नेपाल आउँदै



काठमाडौँ, ६ चैत्र-  बेलायती राजकुमार ह्यारी आज शनिबार नेपाल आउँदै हुनुहुन्छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएको अवसरमा उहाँ पहिलोपटक नेपाल आउन लाग्नुभएको हो । 

उहाँ आगामी १० गतेसम्म नेपालमा रहनुहुनेछ । शनिबार नै उहाँ परराष्ट्रमन्त्री कमल थापाले आयोजना गर्ने कार्यक्रममा सरिक हुने कार्यक्रम छ । त्यस्तै भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको भेटवार्ता हुनेछ ।

No comments:

Post a Comment