चैत २ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो सोमबार प्रति तोला ५६ हजारमा कारोबार भएको छापावालसुनको मूल्य आज तोलामा ८ सयले घटेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चांदी व्यवसायी संघले आज मंगलबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४७ हजार ३ सय २५ रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार १ सय १० रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय २१ रुपैयाँ ५० पैसा कायम गरेको छ।
No comments:
Post a Comment