top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

जोगिरा लोप हुँदै


२ चैत । महोत्तरी लगायत मिथिलाञ्चलका गाउँ गाउँमा फागु पर्वको आगमनसँगै गाइने जोगिरा (एक प्रकारको परम्परागत गीत) लोप हुँदै गएको छ । 

फागुभन्दा एक महिना पहिलेदेखि नै महोत्तरीका प्रत्येक गाउँ÷गाउँ तथा टोल टोलमा विगतका वर्षमा सुनिने गरेको जोगिरा अब सुनिन छाडिएको वयोवृद्ध होलैयाहरुको भनाइ छ । पहिले पहिले गाउँका दलानमा डम्फु, झ््याली, हार्मोनियमको तालमा साँझदेखि रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धको छुट्टाछुट्टै टोलीले समूह बनाई जोगिरा गाउने चलन थियो । 

डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमले देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्षविनोदका भावगीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हुँदै  गएको छ । 

फागु मनाउन मात्र एक साता बाँकी रहँदा पनि महोत्तरीका ६६ गाविस र तीन नगरपालिकाका कुनै पनि गाउँ ठाउँमा यस वर्ष जोगिरा सुन्न नपाइएको जिल्लावासी बताउँछन् । 

मिथिलाञ्चलमा फागुका अवसरमा गाइने जोगिरा साँस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा समुदायको खाँचो देखिएको जलेश्वर– ५ का होलैया मनमोहन पासवानले बताए  । 

पहिले पहिले जोगिरा गाउन फागुको एक महिना पहिले नै देश परदेशमा रोजगारीमा गएका युवा घर फर्केर आउँथे र एक महिनासम्म गाउँ गाउँमा रातिसम्म जोगिराले गाउँ÷गाउँ गुञ्जायमान बनेको हुन्थ्यो तर अहिले ती सबै हराएर गएको मनरा गाउँका होलैया रवीन्द्र भगत बताउछन्  । 

जोगिराको लोपसँगै सामाजिक सद्भाव घट्दै गएको र मिथिलाको मौलिक परम्पराका रुपमा रहेको फागु गीत पनि लोप हुन थालेको जलेश्वर– ७ का होलैया रामबाबु चौधरीले बताए  । 

जोगिरा गाउने परम्पराको संरक्षणको आवश्यकता रहेको बताउँदै वृद्ध होलैयाहरुले अहिलेका युवामा आपसी सद्भाव, भाइचारा, बन्धुत्व र सामाजिक एकताको अभावमा यसको लोप हुँदै गएको निष्कर्ष निकालेका छन् । रासस 

No comments:

Post a Comment