top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

‘रइस’ मा सन्नी लियोनी र शाहरुखको आइटम डान्स


चैत्र ५ | शाहरुख खानको फिल्म ‘रइस’ मा सन्नी लियोनीले आइटम डान्स गर्ने भएकी छिन् । पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी सन्नीसँग बलिउडका ठूला स्टारले खेल्न सक्ने सम्भावना कम रहेको चर्चा पनि सुरुसुरुमा चल्ने गरेको थियो ।

अझ एक टेलिभिजन अन्तरवार्ताकार भुपेन्द्र चौबेले ‘तपाईंको पोर्न छविका कारण आमिर खानजस्ता ठूला स्टार तपाईंसँग काम गर्न चाहँदैनन् । के तपाईं आफ्नो यस्तो छविलाई लिएर बेखुशी हुनुहुन्छ ? भनेर टेलिभिजन अन्तरवार्तामा प्रश्न गरेका पनि  थिए । 

यसपछि सन्नीप्रति धेरैको सम्मान बढेको थियो । आमिरले सन्नीसँग खुशीखुशी काम गर्न सकिने  बताएका थिए। शाहरुखले पनि एक अन्तरवार्तामा सन्नीसँग काम गर्दा आफू खुशी नै हुने बताएका  थिए । त्यसो त अक्षयकुमारको फिल्ममा सन्नीले केमियो भूमिका निभाइसकेकी  पनि छिन् ।

सन्नीले अामिर, शाहरुख, सलमानजस्ता ठूला स्टारकाे फिल्ममा नायिकाकाे भूमिका नपाएपनि शाहरुखकाे फिल्ममा अाइटम डान्सबाट ठूला स्टारका फिल्ममा प्रवेश भने पाइसकेकी छिन् ।  श्रोतका अनुसार रइसको उक्त आइटम गीतमा शाहरुखको पनि अभिनय रहने बताईएको छ ।

No comments:

Post a Comment