top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

दक्षिण कोरियाली राष्ट्रपतिको उत्तरलाई आग्रह


३ चैत । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाईले उत्तर कोरियालाई परिवर्तनको बाटोमा आउन आग्रह गर्नुभएको समाचार छ । 

उहाँले भन्नुभएको छ– समयानुकुल परिवर्तित बाटोमा आउन मेरो आग्रह छ, यदि यसै हिसाबमा अघि बढ्ने हो भने त्यसले कसैलाई पनि राम्रो गर्ने छैन । 

पछिल्ला समयमा उत्तर कोरियाले जारी राखेका आणविक सस्त्रास्त्रको परीक्षण अनावश्यक उत्तेजना भएको पनि राष्ट्रपति हाईले जानकारी दिनुभयो । 

मङ्गलबारको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति हाईले उत्तर कोरियालाई यसरी विश्व समुदायसँग अनावश्यक रुपमा चिढाउने र उत्तेजना फैलाउने काममा नलागी वास्तविक परिवर्तनको बाटोमा आउँदा उसलाई राम्रो हुने धारणा राख्नुभयो । 

उत्तर कोरियाले गत महिना गरेको लामो दूरीको रकेट परीक्षण र त्यसपछि उसका विरुद्धमा संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दीपछि उत्तर कोरिया विश्व समुदायबाट लगभग एक्लिएको जस्तो देखिन्छ । 

यसका विरुद्धमा संयुक्त राष्ट्रसङ्घले पनि उत्तरका विरुद्धमा नाकाबन्दी गरेको छ । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको छ । 

सो नाकाबन्दीपछि पनि हालैमात्र दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सोलमा गरिसकेका छन् । यस अभ्यासको पनि उत्तर कोरियाले यसको कडा विरोध गरेको छ । 

यस सैनिक अभ्यासपछि उत्तर कोरियाले प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको एक समाचारमा जनाइएको थियो । 

लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् । 

दक्षिण कोरियाको राजधानी सोलमा गतहप्तामात्र भएको उक्त संयुक्त सैन्य अभ्यासले पछिल्लो समयमा तनावमा रहेको यस देशलाई थप भड्काएको बताइन्छ । 

उत्तर कोरियाले पछिल्लो समयमा गरेको सो रकेट परीक्षणका विरुद्धमा हालैका दिनमा विश्वव्यापी रुपमा विरोध भएको छ । सोही विरोधस्वरुप संयुक्त राष्ट्रसङ्घले पनि नाकाबन्दीको घोषणा गरेको हो । 

सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोेरियाले त्यसको व्यापक मात्रामा विरोध गरेको छ । राष्ट्रपति हाईले उत्तर कोरिया सच्चिएर आएमा उसमाथिको विदेशनीति पनि विश्वबाट नै सहज रुपमा निर्धारण हुने धारणा राख्नुभयो । रासस÷एएफपी 

No comments:

Post a Comment