राष्ट्रिय ध्वजाबाहक
नेपाल वायुसेवा निगमले चिनियाँ जहाजबाट एक वर्षमा ३१ करोड ३३ लाख रुपैयाँ घाटा
भएको जानकारी दिएको छ ।
निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको
जानकारी अनुसार चिनियाँ जहाज एमए ६० र वाई १२ ई भित्राएर उडान गरेपछि वार्षिक घाटा
बढेको उल्लेख छ । निगमको तथ्यांकअनुसार चिनियाँ जहाज उडाउन थालेपछि गत वर्षको
पुसदेखि यो वर्षको पुससम्ममा आन्तरिक उडानमा ३२ करोड ३५ लाख रुपैयाँ घाटा भएको छ ।
चिनले अनुदानमा उपलब्ध गराएको ५६ सिट क्षमताको एम ए ६० र १८ सिट
क्षमताको वाई १२ ई नउडाए बीमा, पार्किङ, प्रशासनिक खर्च, पाइलट तथा इन्जिनियरको तालिम तथा लाइसेन्स
नवीकरणसहितमा हुने खर्चले घाटा हुन्छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चिनियाँ जहाजबाट एक वर्षमा ३१ करोड ३३ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको छ ।
No comments:
Post a Comment