Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Tuesday, March 15, 2016
न्यूजिल्याण्डद्वारा पहिलो खेलमै आयोजक भारत पराजित
नागपुर, ३ चैत -विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमै आयोजक भारतले पराजय व्यहोरेको छ ।
भारतको नागपुरमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली भारतलाई न्युजिल्याण्डले ४७ रनले पराजित गरेको हो । खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
जवाफमा १२७ रनको मध्यम लक्ष्य पछ्याएको भारतले १८ ओभर १ बलमा अलआउट हुनुपूर्व ७९ रनमात्रै जोड्न सक्यो । भारतीय ईनिङ ध्वस्त पार्ने क्रममा न्युजिल्याण्डका मिचेल स्यान्टनरले ४ तथा ईस सोधीले ३ विकेट लिए ।
जितसँगै न्युजिल्याण्डले भारत विरुद्ध ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आफ्नो शत प्रतिशत विजयी कीर्तिमान कायम राखेको छ । भारतसँगका सबै ५ खेलमा न्युजिल्याण्ड विजयी भएको छ ।
विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । आज दिउँसो पाकिस्तान र बंगलादेश भिड्दा साँझ इङ्ल्यान्डले वेष्ट इन्डिजसँग खेल्नेछ ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment