top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

ल्यारक्याल लामा गोली प्रकरणमा नया खुलासा -लामा २ करोड १९ लाख ठगी ‘फरार ‘



काठमाडौं, चैत ३- बैंक लकरमा गोली भेटिएपछि प्रहरी हिरासतमा रहेका एकीकृत नेकपा माओवादीका सांसद ल्यारक्याल लामा वैदेशिक रोजगा ठगी ‘फरार ‘आरोपीसमेत हुन् ।

मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि विभागले लामालाई पक्राउ गरि बुझाउन प्रहरीलाई दुई वर्षअघि  नै पत्र पठाएको थियो ।

अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले ल्यारक्यालसहित फुर्वा लामा छ तिरिङडोल्ला लामाविरुद्ध २०७९ भदौमा उजुरी दिएका थिए । लगत्तै विभागले महागनरीय प्रहरी मरिसर, काठमाडौंलाई भदौ ५ मा तीनै जनालाई पक्राउ गरी विभागमा पठाउन पत्राचार गरेको थियो ।

गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भान्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याईदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको’दाबी गरेका छन् । कोटा ल्याएबापत कमिसनस्वरुप उनीहरुले सो रकम लिएर आफूलाई ठगेको उनको निवेदनमा छ ।


 आजको नागरिक दैनिकमा समाचार छ

No comments:

Post a Comment