top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

मानब कंकाल फेला


२ चैत । सडेको अवस्थामा खोटाङमा मानव कङ्काल फेला परेको छ । 

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बाँझेच्यानडाँडा गाविसको वडा नं १ सेखुवाको जङ्गलमा बेवारिसे अवस्थामा मानव कङ्काल फेला परेको हो । खोटाङ र भोजपुरको सीमानजिक घना जङ्गलमा घाँस काट्न जाने स्थानीयले सोमबार बेलुका कङ्काल फेला पारेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए  । सडेको कङ्काल वरपर लुगाफाटासमेत नभएकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । 

पुरुषको जस्तो देखिने कङ्काल दुई÷तीन महिनाअघि मारेर फालिएको हुनसक्ने अनुमान गरिएको स्थानीय इन्द्रबहादुर रोकाले जानकारी दिएका छन्   । 

सेखुवा गाउँबाट करिब दुई घन्टा पैदल यात्रापछि पुगिने जङ्गलमा फेला परेको शव सर्जमिन मुचुल्का उठाएर दाहसंस्कार गर्ने तयारी गरिएको प्रहरीले बताएको  छ । रासस 

No comments:

Post a Comment