top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

नक्कली डाक्टरको काण्ड पछी नर्सका कुरा, लाइसेन्सिङ परीक्षामा ३४ सय नर्स फेल, उपत्यका बाहिर पनि परीक्षा गर्ने तयारि


चैत २ | नेपाल नर्सिङ काउन्सिलले लिने दर्ता परीक्षा (लाइसेन्सिङ)मा हालसम्म ३४ सय ९६ जना नर्स फेल भएका छन् । २२ हजार ५ सय ६२ जना नर्सले परीक्षा दिएकोमा ३४ सय ९६ जना फेल भएका हुन् । ७५ जना नर्सले फर्म भरेपनि परीक्षा नै दिएका छैनन् । नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माका अनुसार फेल हुने अधिकांश विद्यार्थी भारतबाट नर्सिङ अध्ययन गरेर आएकाहरु बताएको छ । नेपालमा अध्ययन गरेका विद्यार्थी पनि फेल हुने क्रम बढेको उनले बताइन् । दर्ता परीक्षामा २ सय वटा प्रश्नमा एक सयवटाको सही उत्तर दिए पास हुन सकिन्छ । काउन्सिलले सन् २०१२ देखि दर्ता परीक्षा लिन सुरु गरेको बताएको छ । काउन्सिलमा हालसम्म ३७ हजार ६ सय ५२ नर्स, २५ हजार २ सय ११ अनमी र ८ सय ११ जना विदेशबाट अध्ययन गरी आएका नर्स दर्ता छन् । नेपालमा पिसिएल नर्सिङ १ सय १५ र बिएन ४० कलेजले अध्ययापन गर्दै आएका छन् । नेपालमा उत्पादन बढी भएकाले नर्सहरु बेरोजगार हुने क्रम बढ्दै गएको पनि बताईंनछ । गुणस्तरहीन पढाइका कारण दर्ता परीक्षामा फेल हुने नर्सको संख्या बढ्दै गएको जानाकर बताउछन्  ।

 उपत्यका बाहिर पनि परीक्षा गर्ने तयारी
अध्यक्ष शर्माका अनुसार दर्ता परीक्षा उपत्यका बाहिर पनि सञ्चालन गर्ने तयारी काउन्सिलले गरेको छ । विद्यार्थीहरु टाढाबाट आउँदा समस्या पर्ने गरेकाले उपत्यका बाहीर पनि सञ्चालन गर्ने तयारी गरेको उनले बताइन् । ‘विद्यार्थीको संख्या पनि बढ्दै गएकाले परीक्षा अन्यत्र पनि गर्ने तयारी गरेको हौं,’ शर्माले भनिन्, ‘काउन्सिलको क्षमता बढाएर जतिसक्दो चाँडो परीक्षा बिकेन्द्रीकरण गर्नेछौं ।’ 

No comments:

Post a Comment