top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

म्यानमारमा राष्ट्रपतीय निर्वाचन सुरु


२ चैत । म्यानमारमा कैयौँ दशकपछि नागरिक राष्ट्रपितका रुपमा मङ्गलबार नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागिएको समाचार छ । 
म्यानमारको संसद युनियन पार्लियामेन्टमा मङ्गलबार नयाँ राष्ट्रपतिका लागि मतदान सुरु भएको हो । यसअघि तीनजना व्यक्तिलाई सो पदका लागि अनुमोदन गरिएको छ र अबको मतदानले ती तीनजनाबाट एकलाई निर्वाचित गर्नेछ । 
यीमध्ये विन क्याव राष्ट्रपतिमा निर्वाचित हुने निश्चितजस्तो देखिन्छ । उहाँ म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुुकीको दलका एकजना वरिष्ठ सदस्य हुनुहुन्छ । 
म्यानमारका एकजना प्रतिष्ठित लेखक समेत रहनुभएका कवा नेत्री सुकीका एक विश्वासपात्रका रुपमा पनि रही आउनुभएको छ । 
हामीले राष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु गरेका छौँ– मङ्गलबारको संसद अधिवेशनमा सभामुख मान विन खाङ थानले भन्नुभयो । यससँगै नेत्री सुकीले पहिलो मतदाताका रुपमा आफ्नो मत हालिसक्नुभएको पनि समाचारमा जनाइएको छ । 
म्यानमारले गएका केही वर्षयतादेखि प्रजातान्त्रिक सुधारको काम अघि बढाएको हो । सन् २०१० मा सैनिक शासकको थुनाबाट नेत्री सुकीलाई मुक्त गरेपछि सुरु भएको यस अभियानको अन्तिम तर प्रजातान्त्रिक प्रक्रियाका रुपमा म्यानमारमा आज राष्ट्रपतिको निर्वाचन हुन लागेको बताइएको छ । 
मङ्गलबार निर्वाचित हुने राष्ट्रपति म्यानमारमा निकै लामो समयपछिका पहिलो नागरिक राष्ट्रपति हुने जनाइएको छ । 
गत नोभेम्बर महिनामा भएको आमनिर्वाचनमा म्यानमारकी नेत्री आङ सान सुकीको दलले प्रचण्ड बहुमत ल्याएको थियो । सोही मतका आधारमा राष्ट्रपति पनि सोही दलले प्राप्त गर्ने निश्चित नै छ । 
त्यहाँको संविधानले सुकीलाई भने राष्ट्रपति हुनबाट बञ्चित गरेको छ । यद्यपि यसअघि उक्त संविधानमा संशोधन गरी सुकी नै राष्ट्रपति उठ्ने विषयमा सैनिक सहयोगको वर्तमान सरकारसँग वार्ता पनि भएको थियो । 
तर त्यो सम्भव नभएपछि मङ्गलबारका लागि मतदान सुरु हुन लागेको हो । रासस

No comments:

Post a Comment