top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

अक्षय भए फ्यान जब सल्मा हायेकलाई देखे !


चैत्र २ | बलिउड सुपर स्टार अक्षय कुमारले हलिउडकी नायिका सल्मा हायेकसँग सेल्फि खिच्नुका साथै उनको कामको प्रसंसा पनि गरेका छन् । दुवईमा भएको ब्यसिक ग्लोबल एजुकेशन एण्ड स्कील नामक शैक्षिक कार्यक्रममा उनिहरुले उक्त सेल्फि खिचेका हुन् ।

एयरलिफ्टका ४८ बर्षिय अभिनेता अक्षयले लिएको उक्त सेल्फिलाई ट्विटर मार्फत सार्वजनिक गरेका छन् । उनले सल्मा सँगको सेल्फिलाई ट्विटरमा सार्वजनिक गर्दै ‘सेल्फि अफ अ लाइफ टाईम..संसारको सबै शिक्षकहरु प्रति सम्मान । दुबईमा शिक्षक सम्मान समारोह..सल्मा हायेक..’ लेखेका  छन् । दुबईमा भएको शैक्षिक कार्यक्रममा एक शिक्षकलाई १० लाख अमेरीकी डलर पुरस्कार प्र्रदान गरीएको थियो  । फिलिस्तीनको शरनार्थि शिविरको एक शिक्षकलाई विजेता घोषणा गरीएको थियो । बेसिक ग्लोबल एजुकेसन एण्ड स्किल कार्यक्रममा ओस्कार पुरस्कारबाट सम्मानित म्याथु म्याकगाने,बलिउडका अभिनेता अमिताभ बच्चन, परिनीती चोपडा र अलि जफार उपस्थित जनाएका थिए ।

No comments:

Post a Comment