top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

मोर्चाका नेता फेरि दिल्लीको शरणमा



काठमाडौँ,३० फाल्गुन-–मधेस आन्दोलनमा भारतको प्रत्यक्ष सहयोग रहेको आरोप लागिरहेका बेला मधेसी मोर्चाका नेताहरु फेरि दिल्ली गएका छन्। आइतबार विहान मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, हृदयेश त्रिपाठीलगायतका नेता दिल्ली उडेका हुन्। नेपाल भारत महिला मैत्री समाजको नियमन्त्रणामा नेताहरु दिल्ली गएका हुन्।
आइतबार विहान नौ बजे नेपाल एअर लाइन्सको फ्लाइटनम्बर २०५ बाट नेताहरु दिल्ली प्रस्थान गरेका हुन्। तमलोपा केन्द्रीय सदस्य चन्दा चौधरी अध्यक्ष रहेको नेपाल भारत महिला मैत्री समाजले मधेसको मुद्दा सम्वोधन गर्न दबाब दिने उद्देश्यले दिल्लीमा कार्यक्रम आयोजना गरेको स्रोतले जनाएको छ।

सो कार्यक्रममा विभिन्न राजीतिक दलका नेता र अधिकारकर्मीसहित १३ जनालाई निमन्त्रणा गरिएको थियो। कार्यक्रममा अधिकारकर्मी दमननाथ ढुंगाना र विजयलाल कर्णपनि सहभागी हुँदैछन्। तमलोपा निकट स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरुले भारतीय नेतासँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ।

महतो गएनन्

सो कार्यक्रममा तराई मधेस सद्भावना पार्टी (तमसपा) बाहेक मोर्चाका सबै नेतालाई आमन्त्रण गरिएको छ। तर सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो भने कार्यक्रममा सहभागी हुन गएनन्। महतो शनिबारदेखि गौरमा रहेका छन्। महताले अहिले दिल्ली दौडाहा भन्दा पनि मधेसमा शक्ति संचयको आवश्यकता रहेकाले आफूँ दिल्ली नगएको बताए। 'मलाई पनि कार्यक्रममा सहभागी बन्न निमन्त्रणा गरिएको थियो,' महताले नागरिकन्युजसँग भने,'तर अहिले मधेस आन्दोलनका लाथि शक्ति संचय गर्ने बेला हो दिल्ली जाने समय होइन।' कार्यक्रमम सद्भावनाबाट केन्द्रीय सदस्य राधा कायस्थ सहभागी भएकी छिन्।

माेर्चाका नेताहरू मंगलबार नेपाल एअर लाइन्सकाे फ्याइट नम्बर २०६ बाट स्वदेश फर्कने कार्यक्रम छ।





साभार नागरिक न्युज


No comments:

Post a Comment