top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

शिशु छाडेर बाबु हिँडेपछि अस्पताल समस्यामा



काठमाडौँ, ६ चैत्र- सुत्केरी आमाको मृत्यु भएपछि नवजात शिशुलाई बाबुले अस्पतालमै छोडेर गएपछि अस्पताल प्रशासन समस्यामा परेको छ।

नवजात शिशुलाई आफू एक्लैले पाल्न नसक्ने भन्दै बाबु वीरबहादुर मल्लले जिल्ला अस्पतालमै छोडेर गएका हुन्। अस्पतालका अनुसार घरमा सानासाना दुई छोरा र तीन छोरी रहेकाले नवजात शिशुलाई आमाको मृत्युपछि घरमा लगेर पाल्न नसक्ने बीरबहादुरले बताएका छन्।

 वीरबहादुरलाई सम्झाएर बच्चा जिम्मा लगाउने प्रयास भइरहेको जिल्ला अस्पतालकी आमा सुरक्षा कार्यक्रम फोकल पर्सन सरोजा घिमिरेले बताइन्।

 फोतु–३ की जनकला मल्ल आइतबार घरमै सुत्थ्केरी भएकी थिइन् तर साल नझरेपछि छिमेकी गाविस नार्थपुमा रहेको इलाका स्वास्थ्यचौकीमा लगिएको थियो। त्यहाँ पनि साल नझरेपछि बिहीवार जिल्ला अस्पताल ल्याइएकी उनको राति मृत्यु भएको थियो।


नागरिक दैनिकमा समाचार छ।

No comments:

Post a Comment