मदिरा (रक्सि)को लतले मति र गति विगारेका व्यक्ति ठाउँठाउँ भेटिन्छन् । कोही मानिस यस्ता हुन्छन् जो मदिराका लागि सम्पत्ति मात्र होइन, परिवारसमेत त्याग्न पछि पर्दैनन् । कोही कामलाई भन्दा बढी मदिरा र अन्य मोजमस्तीलाई प्राथमिकतामा राख्छन् । कोही त मदिरा नखाई काम नै गर्न सक्दैनन् । कोही जति मदिरा खाए पनि सकुशल हुन्छन् भने कोही एक दुई पेग मै ढल्छन् । मदिराको कुलतका कारण एचआइभी संक्रमण मात्र होइन, बलात्कार र हत्याजस्ता जघन्य अपराधसमेत भएका छन् ।
आखिर के हो त रक्सीको करामत ?
किन लाग्छ त रक्सीको लत ?
वैज्ञानिकहरुले केही मानिसमा हुने खास जीनका कारण उनीहरू जँड्याहा हुने तथ्य पत्ता लगाएका छन् । प्रोसेडिङ अफ द नेशनल एकेडेमी अफ साइनस जर्नलको रिर्पोट अनुसार ‘आरएएसजीआरएफ टु जीन’ले मानिसलाई जँड्याहा बनाउँछ । किंग्स कलेज लण्डनका विशेषज्ञका अनुसार यो जीन नहुने मानिसमा मदिरा सेवनको चाहना हुँदैन ।
किंग्स कलेजका विशेषज्ञले करिब १४ बर्षका ६ सय ६३ जना बालबालिकाको मस्तिष्कको अध्ययन गरेका थिए । अध्ययनले ‘आरएएसजीआरएफ टु जीन’ले मस्तिष्कमा डोपामाइन रसायनको प्रभाव बढाउने पत्ता लागेको थियो । डोपामाइन यस्तो हार्मोन हो, जसले मस्तिष्कमा आनन्द र खुसी नियन्त्रण गर्छ । अध्ययनका क्रममा यी बालबालिकालाई डोपामाइन हार्मोन बढाउने खालको विशेष अभ्यास गरिएको थियो । त्यसको दुई बर्षपछि उनीहरूमा ‘आरएएसजीआरएफ टु जीन’ थियो र ती बालबालिकाले सजिलै रक्सी सेवन गरेका थिए ।
No comments:
Post a Comment