काठमाडौँ, फागुन २९ । बर्ष २०७२ को हिट फिल्म ‘कबड्डी कबड्डी’ पाईरेसी भएको छ । विदेशमा प्रदर्शनको लागी उपलब्ध गराएको कपी फाईल नै युट्युव मार्फत पाईरेसी भएको निर्माण युनिटले बताएको छ । फिल्म युट्युवमा आएपछि तनाबमा आएको निर्माण टिम अहिले युट्युवबाट फिल्म हटाउने कसरतमा जुटेको छ ।
फिल्म शनिबार बिहान युट्युवमा आएको बताईएको छ । तर निर्माण टिमले भने साँझ मात्रै जानकारी पाएको थियो । सुरुमा एक च्यानलबाट युट्युवमा आएको फिल्म त्यसपश्चात लगातार अन्य च्यानलमा समेत आईरहेको छ । विदेशका विभिन्न शहरमा प्रदर्शनको लागी अफिसियल रुपमा अधिकार लिएकाहरुलाई फिल्म पईरेसीले ठुलो घाटा हुने देखिएको छ । युट्युवमा आएपछि धेरैले फिल्म डाउनलोड गरेको अनुमान छ ।

आईतबार साँझसम्म अनाधिकृत रुपमा अपलोड भएको फिल्मलाई युट्युवबाट हटाईसक्ने बताईएको छ । निर्माण टिमले पठाएको “लिगल ईन्फर्मेसन”का आधारमा युट्युवले फिल्म हटाउन सक्छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ लगायत लिड रोलमा छन् ।
No comments:
Post a Comment