top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

ताइज सहर नियन्त्रणको क्रममा १०० भन्दा बढीको मृत्यु



३० फागुन । यमनमा विद्रोहीले कब्जा लिएको यमनी सहर ताइज सुरक्षाबलले नियन्त्रणमा लिने क्रममा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार छ |

गत २४ घण्टा यता सुरक्षाबलले विद्रोही कब्जाबाट नियन्त्रणमा लिन खोज्दा सो हताहती भएको बताइएको छ । 

यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको ताइज सहरमा पूर्व–राष्ट्रपति अलि अब्दुल्लाह सालेहसमर्थक सिया हुथी विद्रोहीको कब्जा तोड्न यमनी सुरक्षाबलले शुक्रबार रातिबाट कारबाही सुरु गरेका थिए । 

चिकित्सक स्रोतका अनुसार साउदी अरेबियाको नेतृत्वमा विद्रोहीलक्षित हवाई आक्रमणमा एक सयभन्दा बढी लडाकू मारिएका छन् । 

यमनका राष्ट्रपति अब्दुल्लाह रब्बु मन्सुउर हादीलाई हुथी विद्रोही विरुद्ध लड्न साउदी अरेबियाले सहयोग गर्दै आएको छ । 

यमनको दक्षिणपूर्वमा अवस्थित ताइज देशको तेस्रो ठूलो सहरको रुपमा रहेको छ । करिब दुई लाख जनसङ्ख्या रहेको यो सहरमा एक वर्षभन्दा बढी समयदेखि विद्रोहीको कब्जा रहँदै आएको छ । 

सन् २०१४ को सेप्टेम्बरबाट गृहयुद्ध सुरु भएको यस देशमा सो द्वन्द्वमा परी हालसम्म लगभग छ हजार व्यक्तिको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा प्रायः सर्वसाधारण नै रहेका छन् । रासस

No comments:

Post a Comment