top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

विमान दुर्घटनामा २२ जनाको ज्यान गयो !


चैत ३ । विमान दुर्घटनाबारे फेरि अर्काे दुःखद खबर प्राप्त भएको छ । समाचार एजेन्सीका अनुसार २२ जना सवार विमान दुर्घटना हुँदा विमानमा सवर सबैको मृत्यु भएको बताएको छ  ।

 दक्षिण अमेरिकी देश इक्वेडरको खबर हो  । सेनाको एक विमान दुर्घटनामा पर्दा २२ जनाले ज्यान गुमाएका छन् । उक्त विमान अमेजन क्षेत्रमा दुर्घटनामा परेको बताएको  छ  ।
त्यहाँका राष्ट्रपति राफेल कोरिआले ट्विटमा दुर्घटनामा परी विमानमा रहेका सबै २२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनाको कारण नखुलेको बताएका छन्  । घटना त्रासदीपूर्ण भएको भन्दै राष्ट्रपति कोरिआले शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका हुन् ।
विमानमा सवार मध्ये १९ जना इक्वेडरका सेनाका जवान थिए |   प्यारासुटिङको अभ्यासमा गएको सेनाको दुर्घटनामा परेको बताईएको छ  । मृत्यु हुनेमा एक जना सैन्य इन्जिनियर र चालक दलका दुई सदस्य रहेका बताएका छन् ।

No comments:

Post a Comment